छोराको हत्यारालाई प्रहरी-प्रशासनले कार्बाही नगरेपछि पिडित न्याय दिलाउन सक्ने बैकल्पिक निकायको खोजीमा

छोराको हत्यारालाई प्रहरी-प्रशासनले कार्बाही नगरेपछि पिडित न्याय दिलाउन सक्ने बैकल्पिक निकायको खोजीमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ माघ २०७३
  • 13.1K
    Shares

“नेपालको कानुन भगवानले जानुन”, “सानालाई ऐन ठुलालाई चैन” भन्ने दुइवटा  उखान प्रचलित छ, नेपाली समाजमा l तर यी दुई उखान स्याङजा जिल्लाको भिरकोट – १४ कि चन्द्रा थापाको जीबनमा लागु भएको छ l बिस्कुट चोरेको भन्दै कुटिएको १२ बर्षीय छोरो हराएको १२ दिनपछी माघ २३ गते बाँसको रुखमा झुण्डिएर मरेको अबस्थामा भेटियो l “छोरा निशानको हत्या भएको हो, कानुनी कार्बाही गरिपाउँ” भनेर उजुरी लिएर उनी स्थानीय प्रहरीदेखि प्रशासनसम्म पुगिन l उनको उजुरी दर्ता भएन l स्थानीय बासिन्दाले “दोषीलाई कारबाही गर” भन्दै वालिंग बजार बन्द गरे l उल्टै बन्दकर्तालाई प्रहरी-प्रशासनका मान्छेले हप्काए, तर्साए l स्थानीय प्रहरी-प्रशासनबाट न्याय नपाउने भएपछी उनले आफुलाई न्याय दिलाउन सक्ने निकायको खोजीमा छिन् उनी l

घटना विवरण अनुसार, घरबाट स्कुल पढन हिडेका निशान र उसको एक साथीले स्थानिय ब्यापारी रामहरि रेग्मीको किनारा पसलबाट दुई वटा बिस्कुट चोरेर भागेका थिए l ब्यापारी रेग्मीले आफ्नै पसलबाट बिस्कुट चोरेर भाग्न खोज्ने ती दुई केटाहरु मध्येका एक निशानलाई समातेर कुट्न शुरु गरेका थिए l

निशान थापा
                          निशान थापा

ब्यापारी रेग्मी, “निशानलाई एक-दुई चोटि थापड हानेको” स्वीकार्छन l त्यसपछि निशान कता भाग्यो भन्ने बारेमा आफुलाई थाहा नभएको उनी बताउंछन् l तर मृतक निशानकी आमा चन्द्रा थापा “ब्यापारी रेग्मीले पिटदा संबेदनशील अंगमा लागेर मरेको” हुनसक्ने आशंका गर्छिन l आफ्नो छोरा निशानलाई हत्या गरिएकाले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरी प्रशासनको ढोका ढकढक्याउंदै हिंडीरहेकी छिन चन्द्रा थापा l उनका श्रीमान गाउँघरमा नै ज्याला मज्दुरी गरी खान्छन l पिडित चन्द्र भन्छिन, “१२ बर्षको मेरो अबोध छोरा आफै गएर झुन्डिएको होईन l मेरो छोरालाई ब्यापारी रेग्मीले कुट्दा मरेपछि केहि दिन लुकाएर राखेपछि उनीहरुले रुखमा लगेर झुन्डाई आत्महत्या गरेको हो भन्ने बनाउन खोजेका हुन् l “

स्थानीय बासिन्दा, लाश र घटनास्थल हेर्दा बालक निशानको मृत्युका बिषयमा केही शंका गर्छन l उनीहरुको शंका छ, “मृतक बालकको मुखभित्र माटो देखिएको छ l उसको मुखभित्र माटो कसरी पुग्यो ?  एउटा बिस्कुट किन्ने दश रुपिया साथमा नभएको निशानले झण्डै २० रुपिया पर्ने नया डोरी कसरि किन्यो स्थानीय बासिन्दा प्रश्न गरिरहेका छन् l

पिडित पक्षले दिएको जानकारी अनुसार, ब्यापारी रेग्मीका आफन्त नेपालको प्रशासनमा उच्च पदमा रहेका छन् भने निकट परिवारका सदस्य प्रहरीमा अहिले पनि बहाल रहेका छन् l उनीहरुकै दबाबमा स्याङजाको प्रहरी प्रशासनले पिडितको कुरा सुनिरहेको छैन भने उजुरी दर्तासम्म गर्न मानेको छैन l

उता इलाका प्रहरी कार्यालय वालिंङ स्याङजाका प्रमुख प्रहरी निरिक्षक चीनकपुर गुरुङ उक्त घटनापछि आबस्यक अनुसन्धानका लागि ब्यापारी रेग्मीलाई दुई दिन प्रहरी नियन्त्रणमा लिएको र “निशान थापाले झुण्डिएर आत्महत्या गरेको” भनी पोस्टमार्टम रिपोर्ट आएकाले रेग्मीलाई तारेखमा छाडिएको बताउंछन् l उक्त घटनापछि स्थानीय बासिन्दाले दोषीमाथी कारबाहीको माग राखेर गरेको वालिंङ बन्दपछि आफुले पिडित पक्षलाई बोलाई पोस्टमार्टम रिपोर्टमा भनिएको कुरालाई उल्लेख गरी सम्झाई बुझाइ गरी पठाएको प्रहरी निरिक्षक गुरुङले बताए l “तँपाईंहरुले प्रमाण र यथार्थ बस्तुस्थिति जुटाउनु भयो भने जहिले पनि मुद्दा दर्ता गर्न सक्नुहुन्छ” भनेर आफुले पिडित पक्षलाई जानकारी दिएको उनको भनाइ छ l यस घटना सम्बन्धमा आफुलाई कहींकतैबाट दबाब नरहेको उनको दाबी छ l

 

प्रतिक्रिया
सम्बन्धित समाचार