विप्लव माओवादीको विद्यार्थी संगठनले शैक्षिक माफियाको फोटोसहितको नामावली सार्वजनिक गर्ने

विप्लव माओवादीको विद्यार्थी संगठनले शैक्षिक माफियाको फोटोसहितको नामावली सार्वजनिक गर्ने

  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ चैत्र २०७२
  • 16.8K
    Shares

यही चैत २४ गतेदेखि धक्कापूर्ण प्रतिरोध संघर्ष गर्ने घोषणा गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी समर्थित अखिल क्रान्तिकारीले शैक्षिक क्षेत्रका माफियाहरुको विवरण संकलन गरी शैक्षिक माफियाको फोटोसहितको विवरण  पर्चा, पम्प्लेट र होर्डिङ बोर्ड मार्फत सार्वजनिक गर्ने भएको छ । पोखरामा सम्पन्न सो संगठनको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । पोखरामा तीन दिनसम्म चलेको सो बैठकले निकट भविष्यमा नै हुन लागेको भनिएको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा भाग लिने निर्णय पनि गरेको छ । स्वबियु विशेष केन्द्रीय मुल परिचालनको जिम्मेवारी अध्यक्ष पूर्ण बहादुर सिंहलाई दिएको छ ।
बैठकले मूल पार्टीले जस्तै ब्यापक रुपमा बिधार्थी नेताहरुको पनि कार्य क्षेत्र परिबर्तन गरेको छ । क्रान्तिकारी बैठकले देशलाई तीन वटा कमाण्डमा बाडेको छ । पुर्व कमाण्डको नेतृत्व उपाध्यक्ष लालबहादु तामांगले गर्ने भएका छन् । त्यस्तै मध्य कमान्डको नेतृत्व महासचिव दिपेन्द्र चलाउने र पश्चिम कमान्डको नेतृत्व सचीव राम बहदुर बिश्वकर्माले नेतृत्व गर्ने गरी कार्य क्षेत्र बिभाजन भएको छ । आर्थिक बिभागको जिम्मा कोषाध्यक्ष आस्था घिमिरेलाई तोकिएको छ । उपत्यकाको संयोजकमा भने क्रान्तिकारीका नेता लोकेश बिश्वकर्माले जिम्मा पाएका छन् ।
त्यस्तै सिटीभिटी र पुर्वान्चल युनिभर्सिटी हेर्ने गरेर सुनिता बमलाई तोकिएको छ । क्रान्तिकारी बिद्यार्थी स्वयंसेवकको संयोजक गणेश रैकाललाई बनाईएको छ भने गण्डकको संयोजकमा प्रकाश बिश्वकर्माले निरन्तरता पाएका छन् । त्यस्तै बैठकले १० जना बिधार्थी नेताहरुलाई बिदाई समेत गरेको छ । बिदाई हुनेमा केदार खतिवडा , प्रेम खड्का लगाएत छन् ।
बैठकले मूल पार्टीले जस्तै ब्यापक रुपमा बिधार्थी नेताहरुको पनि कार्य क्षेत्र परिबर्तन गरेको छ । क्रान्तिकारी बैठकले देशलाई तीन वटा कमाण्डमा बाडेको छ । पुर्व कमाण्डको नेतृत्व उपाध्यक्ष लालबहादु तामांगले गर्ने भएका छन् । त्यस्तै मध्य कमान्डको नेतृत्व महासचिव दिपेन्द्र चलाउने र पश्चिम कमान्डको नेतृत्व सचीव राम बहदुर बिश्वकर्माले नेतृत्व गर्ने गरी कार्य क्षेत्र बिभाजन भएको छ । आर्थिक बिभागको जिम्मा कोषाध्यक्ष आस्था घिमिरेलाई तोकिएको छ । उपत्यकाको संयोजकमा भने क्रान्तिकारीका नेता लोकेश बिश्वकर्माले जिम्मा पाएका छन् ।
त्यस्तै सिटीभिटी र पुर्वान्चल युनिभर्सिटी हेर्ने गरेर सुनिता बमलाई तोकिएको छ । क्रान्तिकारी बिद्यार्थी स्वयंसेवकको संयोजक गणेश रैकाललाई बनाईएको छ भने गण्डकको संयोजकमा प्रकाश बिश्वकर्माले निरन्तरता पाएका छन् । त्यस्तै बैठकले १० जना बिधार्थी नेताहरुलाई बिदाई समेत गरेको छ । बिदाई हुनेमा केदार खतिवडा , प्रेम खड्का लगायत छन् ।

नेकपा माओबादीका महासचिव विप्लव र प्रबक्ता प्रकाण्डको उपस्थितिमा भएको अखिल ९क्रान्तिकारी ०को केन्द्रिय समितिको बैठकमा उनीहरुले बिद्यार्थी आन्दोलको आवस्यकता र कार्यभार बारेमा महत्त्वपूर्ण दिशानिर्देश गरेका थिए । राजनीतिक बैचारिक प्रशिक्षण ,छ्लफल र निश्कर्षको आधारमा यो बैठक निक्कै महत्वपूर्ण र एतिहासिक हुने बताइएको छ

प्रतिक्रिया