चार महिना लाग्यो अभिनेत्री ऐश्वर्या रायको पहिरन तयार पार्न

चार महिना लाग्यो अभिनेत्री ऐश्वर्या रायको पहिरन तयार पार्न


  • जन संचार
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 3.4K
    Shares

अभिनेत्री ऐश्वर्या रेड कार्पेटमा

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा यसपटक पनि बलिउडको दबदबा देखिएको छ ।

दीपिका पादुकोण जुरीमा छिन् भने अभिनेत्री ऐश्वर्या राय, हिना खान, हेली शाह, नवाजुद्दिन सिद्दिकी, आर माधवनसहित अन्य भारतीय कलाकारले पनि रेड कार्पेटमा आफुलाई उतारेका थिए।

कान्सको तेस्रो दिन बलिउड अभिनेत्री पूजा होग्डेले पनि रेडकार्पेट नापेकी थिइन् । कान्समा यसपटक नेपाली अभिनेत्री सुरक्षा पन्त समेत हिँडेकी थिइन् । सुरक्षा अहिले कान्समै छिन्।

कान्सको तेस्रो दिन नीला आँखावाली अभिनेत्री ऐश्वर्याले सौन्दर्यको जादु रेडकार्पेटमा छरिन् । फेसन डिजाइनर गौरव गुप्ताको पिंक गाउन पहिरनमा उनी आकर्षक देखिएकी थिइन् ।

ऐश्वर्याको यो कस्ट्युम डिजाइन गर्न ३५ सय घण्टा जति समय लागेको भग म्यागजिनले जनाएको छ । इटालीका कलाकार बोट्टीसेलीको चर्चित पेन्टिङबाट प्रभावित भएर बनाइएको यो पहिरन डिजाइन सकिने वित्तिकै कान्समा प्रस्तुत गरिएको हो ।

भेनस कलामा आधारित रहेर गुप्ताले ऐश्वर्याका लागि यो डिजाइन तयार पारेका हुन् । तस्बिरमा ऐश्वर्याको सौन्दर्य अझै चामिङ देखिन्छ ।

 

 

 

प्रतिक्रिया