१० सेप्टेम्बरदेखि हुने भनिएको १९ औ एशियाली खेलकुद स्थगित

१० सेप्टेम्बरदेखि हुने भनिएको १९ औ एशियाली खेलकुद स्थगित


  • जन संचार
  • शुक्रबार, २३ बैशाख २०७९
  • 3.9K
    Shares

चीनको होङझोउ शहरमा सेप्टेम्बरका लागि निर्धारित एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ ।

उल्लेख्य कारण नबताएपनि आयोजक राष्ट्र चीन अहिले कोरोना महामारीको चपेटामा परेको छ। शुरुवाती समयको भन्दा धेरै संक्रमित भेटिन थालेपछि जोखिमबाट बच्न चीनले यस्तो निर्णय गरेको हो।

एसियन ओलम्पिक परिषद (ओसीए)ले सेप्टेम्बर १० देखि २५ सम्म तीनको होङझोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको छ,’ प्रतियोगिताको आधिकारिक वेवसाइटमा लेखिएको छ । तर, त्यसअघि नै चीनको सरकारी सन्चारमाध्यम सीसीटीभीले प्रतियोगिता स्थगित भएको पहिलो सूचना प्रशारण गरेको थियो ।

नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले पनि एसियाली खेलकुद सार्ने निर्णयको जानकारी कमिटीमा आएको बताए ।

प्रतिक्रिया