जुम्ल्याहा सन्तान मध्ये नवजात छोरोको निधन पछि फुटबल स्टार रोनाल्डो मध्यरातमा भावबिब्हल बने

जुम्ल्याहा सन्तान मध्ये नवजात छोरोको निधन पछि फुटबल स्टार रोनाल्डो मध्यरातमा भावबिब्हल बने


  • जन संचार
  • मंगलबार, ६ बैशाख २०७९
  • 5.5K
    Shares

क्रिस्टियानो रोनाल्डो

फुटबल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दम्पत्तिले जन्माएका जुम्ल्याहा सन्तान मध्ये छोरी जीवित रहे पनि छोराको भने निधन भएको छ।

खेलाडी रोनाल्डोकी धर्मपत्नी जर्जिना रोड्रिगेजले सोमबार राति जुम्ल्याहा सन्तान जन्माएकी भए पनि छोराको निधन भएको खेलाडी रोनाल्डोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। म्यानचेस्टर युनाइटेडका फरवार्डले ३७ वर्षीया रोनाल्डो​ले आफ्नो सामाजिक संजालमा नवजात छोरी भने जिवितै रहेको खुलाएका छन्।

यस अघि नै चार सन्तान रहेका खेलाडी रोनाल्डोले यस पटक जुम्ल्याहा सन्तानको अपेक्षा राखेका थिए। उनको चाहना जस्तै जुम्ल्याहा सन्तान जन्मिए पनि छोराले भने जन्मना साथ् यस संसारबाट बिदा लिएका छन्।

नवजात छोराको मृत्यु भएको घोषणा गरेपछि क्रिस्टियानो रोनाल्डोले गोपनीयता मागेका छन् । रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गहिरो दुःखका साथ हामीले हाम्रो बच्चाको निधन भएको घोषणा गर्न चाहन्छौँ। यो सबैभन्दा ठूलो पीडा हो जुन कुनै पनि आमाबाबुले महसुस गर्न सक्छन्। हाम्रो छोरीको जन्मले मात्र हामीलाई यस क्षणलाई केही आशा र खुसीका साथ बाँच्न बल दिन्छ। हामी डाक्टर र नर्सहरूलाई उनीहरूको सबै विशेषज्ञ हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौँ। हामी सबै यस क्षतिमा स्तब्ध भएका छौँ र हामी यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौँ। हाम्रो बच्चा, तिमी हाम्रो परी हौँ। हामी तिमीलाई सधैँ माया गर्नेछौँ।’

प्रतिक्रिया