सुँगुरको मुटु प्रत्यारोपण गरेको दुई महिनापछि डेभिड बेनेटको मृत्यु

सुँगुरको मुटु प्रत्यारोपण गरेको दुई महिनापछि डेभिड बेनेटको मृत्यु


  • जन संचार
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 5.6K
    Shares

सुँगुरको मुटु ट्रान्सप्लान्ट गराएका डेभिड बेनेट

सुँगुरको मुटु प्रत्यारोपण गरेको दुई महिनापछि अमेरिकी नागरिक डेभिड बेनेटको मृत्यु भएको छ।
अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो उनको मृत्यु भएको हो ।
मेरिल्यान्ड निवासी ५७ वर्षीय डेभिड बेनेटको दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।

यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो तर उनको मृत्यु भएको छ । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो ।

प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्ने बताइएको थियो । शल्यक्रियाअघि उनी ६ साता ओछयानमै उपकरणजडित भएर बसेका थिए। मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो । तर सुँगुरको मुटु प्रत्यारोपण गरेको दुई महिनापछि बेनेटको मृत्यु भएपछि विभिन्न अड्कलबाजी हुनसक्ने सञ्चारमाध्यामहरुले जनाएका छन् ।

प्रतिक्रिया