न्युजिल्याण्डको जीतसँगै भारत टी–२० विश्वकपबाट आउट

न्युजिल्याण्डको जीतसँगै भारत टी–२० विश्वकपबाट आउट


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ कार्तिक २०७८
  • 5.3K
    Shares

युएईमा जारी टी-२० विश्वकपमा सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ।आइतबार आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड अन्तिम चारमा पुग्ने चौथो टिम बन्यो।

अफगानिस्तानले दिएको एकसय २५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको हो।

आजको खेलमा टस जितेको अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अफगानिस्तानले १२४ रन जोड्न सफल भयो।

अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए। उनले ४८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे।
जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले ११ बल बाँकी छँदै २ विकेटको क्षतिमा लक्ष्य भेटायो। न्युजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४० रन र डेभोन कोनवेले ३६ रन बनाए।

न्युजिल्यान्डको जितसँगै भारतको सेमिफाइनल पुग्ने सपना चक्नाचुर भएको छ। भारत समूह चरणबाटै बाहिरिएको छ।

पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्

प्रतिक्रिया