जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका एक अर्का जना रहेका छन् । एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा आशिका खड्का, करिश्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । धनबहादुर चालक हुन् ।