सडक कालोपत्रे कार्यमा लापरबाही गरेको भन्दै निर्माण कम्पनीमाथी कारबाहीको माग

सडक कालोपत्रे कार्यमा लापरबाही गरेको भन्दै निर्माण कम्पनीमाथी कारबाहीको माग


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ कार्तिक २०७८
  • 2.9K
    Shares

म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले-भगवती सडक कालोपत्रे योजनामा निर्माण कम्पनीले चरम लापरबाही गरेको भन्दै स्थानीय बासिन्दाहरुले निर्माण कम्पनीलाई कानुनी कारबाहीको माग गरेका छन्।

सोमबार नेकपा एमाले रघुगंगा कमिटिका अध्यक्ष दिपक कार्की नेतृत्वको संयुक्त टोलीले पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख सन्तोष अर्याललाई ध्यानकर्षण पत्र बुझाउँदै सडक कालोपत्रे योजनामा चरम ढिलासुस्ती र लापरबाही गर्ने निर्माण कम्पनीलाई छानविन गरि कारबाहीको माग गरेका हुन् ।

ज्ञापन पत्र बुझ्दै कार्यालय प्रमुख अर्यालले निर्माण कम्पनीलाई पूर्वाधार कार्यालयले पटक पटक पत्र काटेर योजनालाई छिटो सम्पन्न गर्न निर्देशन दिँदै आएकोदाबी गरे  । कार्यालयको ताकेतापछि दर्शैपछि कार्यक्षेत्रमा आएको निर्माण कम्पनीले आगामी चैतभित्र पिप्लेदेखि भगवतीसम्मको सडकलाई कालोपत्रे सम्पन्न गर्ने प्रतिबद्धता जनाएको कार्यालयका प्रमुख अर्यालले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय मार्फत ठेक्का सम्झौता गरि २०७६ जेठदेखि एपेक्स-खड्का कृष्ण जे.भी काठमाडौले निर्माण कार्यको जिम्मा लिएको थियो । भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको यस योजनामा ८ किलोमिटर सडकलाई ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख ।

गत जेठभित्रै निर्माण सम्पन्न हुनुपर्ने उक्त योजनाको अहिलेसम्म करिब ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । पिप्लेदेखि भगवती सम्मको सडक फराकिलो बनाउने, नाली निर्माण र पर्खाल लगाउने काम भएको छ भने गलेश्वरदेखि पिप्ले बगैचा सम्मको सडकलाई समयमै संरक्षण र पूर्वाधार निर्माण नगर्दा पहिरोले क्षतविक्षत बनाएको छ ।

निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरेको र थप भएको समयसिमा सकिन लाग्दा समेत कार्यक्षेत्रमा निर्माण कम्पनी परिचालन नभएपछि स्थानीयबासीले चौतर्फि विरोध जनाएका छन् । स्थानीय सरोकारवाला र युवाहरुले ठेकेदार कम्पनीको खोजी गर्न सामाजिक सञ्जाल मार्फत दबाब बढाएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार