कैलालीबाट करिब नौ लाख रुपैयाँ र गहनासहित तीनजना प’क्राउ

कैलालीबाट करिब नौ लाख रुपैयाँ र गहनासहित तीनजना प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.8K
    Shares

कैलालीबाट श्रोत नखुलेको करिव नौं लाख रुपैयाँ नगद र सुन तथा चाँदीको गहनासहित तीन जना प’क्राउ परेका छन्। जिल्लाको धनगढी उप-महानगरपालिका-४ स्थित होटल अमन प्लाजाबाट उनीहरु प’क्राउ परेका हुन्।

प’क्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका-१ कोटदेवलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्र’हरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

उनीहरुको साथबाट श्रोत नखुलेको ८ लाख ६९ हजार नेपाली रुपैयाँ, तीन हजार दुई सय भारतीय रुपैया, सुनको जस्तो गहना ३४.३६० ग्राम र चाँदीको जस्तो गहना ७३७.८७ ग्राम बरा’मद भएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनीहरुलाई प’क्राउ गरेको हो। होटलमा बसीरहेका उनीहरुलाई चेक’जाँच गर्दा नगद र गहना बरामद भएको विष्टले बताए। उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनु’सन्धान कार्यालय कोहलपुर बाँके पठाइएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार