सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक ६ दिनदेखि बेप’त्ता भएका छन् । होलिडे हिमालय ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि. मार्फत माउन्ट खाङतेका हिमाल आरो’हणका लागि गएका तीन जना पुरुष नागरिक बेप’त्ता भएका जिल्ला प्र’हरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनीहरु यहि कार्तिक ९ गतेदेखि बेपत्ता भएको प्र’हरीले जनाएको छ ।
गएको असोज १८ गते काठमाण्डौबाट लुक्ला आएका ८ जना फ्रान्सेलीमध्ये थोमस, गाब्रियल र लुइस नाम गरेका नागरिक सम्पर्कवि’हीन बनेका प्रहरीले जनाएको छ । उनीहरुको खोजीका लागि कैलाश एयरको हेलिकप्टर परिचालन गरिएको प्र’हरीले जनाएको छ । सम्बन्धित ट्रेकिङ कम्पनीले प्र’हरीसँगको समन्वयमा खोजी कार्यलाई जारी राखेको जनाइएको छ ।
एउटै समूहमा गएकामध्ये अन्य ५ जना फ्रान्सेली नागरिक भने सम्पर्कमा रहेको कम्पनीले जनाएको छ ।