मुख्यमन्त्रीले वि’श्वासको मत नपाउने अवस्था भए राजी’नामा दिने

मुख्यमन्त्रीले वि’श्वासको मत नपाउने अवस्था भए राजी’नामा दिने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ कार्तिक २०७८
  • 2.3K
    Shares

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले वि’श्वासको मत नपाउने अवस्था आए राजी’नामा दिने भएका छन् । मुख्यमन्त्री आचार्यले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

तर बैठकबाट विश्वासको मत नपाउने अवस्था आएमा मुख्यमन्त्रीले राजी’नामा दिने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मतकुमार कार्कीले जनाएका छन् ।

अबको केहीबेरमा प्रदेशसभा बैठक बस्दै छ । सोही बैठकमा आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्छन् भनेर आजै टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार