इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामाको निधन

इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ कार्तिक २०७८
  • 5.8K
    Shares

मिरा अधिकारी लामा

सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ । उपाध्यक्ष लामाको उपचारको क्रममा ५१ बर्ष को उमेरमा आज काठमाडौंको त्रिवि शिक्षण अस्पताल , महाराजगन्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी सोही अस्पतालमा करीब एक महिनादेखि उपचाररत् थिइन्। उनी लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पिडित थिइन। लामा नेपाली काँग्रेस , सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी धर्मपत्नी हुन् ।लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत थिइन्।लामाका ३ छोरी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार