चोरीको मोटरसाइकल नम्बर परिवर्तन गरेर चलाउने दुई जना पर्वतबाट पक्राउ

चोरीको मोटरसाइकल नम्बर परिवर्तन गरेर चलाउने दुई जना पर्वतबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 3.7K
    Shares

पर्वतमा मोटरसाइकल चोरी

अर्काको मोटरसाईल चोरी गरी नम्वर परिवर्तन गरेर चलाउने पर्वतका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीका अशोक नेपाली र सागर नेपाली रहेका छन् ।
प्रहरीका अनुसार, उनीहरुले एउटा मोटरसाईकल पर्वतको कुश्माबजारवाट र अर्को कास्कीको अअन्नपुर्ण गाउँपालिका स्थित नौडाँडाबाट चोरी गरेका थिए । चोरी गरेका मोटरसाईकल घरमा पार्किङ गरी राखेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाले मोटरसाईकलको आवश्यक कागजात पेश गर्न नसकेको र अन्य जानकारी समेत नदिएको आधारमा चोरी गरेको पुष्टि भएको प्रहरीको दाबी छ ।

उनीहरु बिरुद्ध चोरी गर्न नहुने सम्वन्धि कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतवाट १० दिनको म्याद लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
प्राप्त जानकारी अनुसार, उनीहरुले कुश्माबजारस्थित दुर्लुङचोक र कास्कीको नौडाँडावाट दुई थान दुईसय २० सिसि क्षमताको पल्सर मोटरसाइकल चोरी गरेका थिए।

गएको साउन २६ गते राती पर्वत जिल्लाको कुश्माबजारस्थित दुर्लुङचोकवाट बा .९३ प. ८८७१ नं. को मोटरसाईकल चोरी गरेका थिए।  कुश्मा नगरपालिका वडा नं. १ पाङ बस्ने शिव चापागाईको स्वामित्वमा रहेको उक्त  मोटरसाईकल चोरी गरेपछि अशोक नेपालीले नम्वरप्लेट परिवर्तन गरेर ग. १९ प. ९५९५ राखेर चलाएका थिए।

त्यसैगरी कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका नौडाँडावाट हराएको प्रदेश ३-०२-०२० प. ६८०६ नम्वरको मोटरसाईकल सागर नेपालीले चलाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार