मुगुमा बसको ‘टायर पङ्चर’ हुँदा दुर्घटना भएकाे अनुमान

मुगुमा बसको ‘टायर पङ्चर’ हुँदा दुर्घटना भएकाे अनुमान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २७ असोज २०७८
  • 3.2K
    Shares

नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बसको टायर पङ्चर भइ दुर्घटना भएको खुलेको छ । हिजाे मङ्गलवार भएको दुर्घटनामा ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलवार दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भइ बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको जनाइएको छ । यस दुर्घटनामा १३ जना घाइते भएका प्रहरीले बताएको छ ।

दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थलमुनि रहेको थियो । प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्नेबित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभइ टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ ।

त्यही मोडमा बस अनियन्त्रित भइ भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरू दशैँ बिदामा घर आएका काठमाण्डाैलगायत सहरका कलेजमा अध्ययन गर्ने धेरैजसाे विद्यार्थी रहेका बताइएको छ ।

बसमा ४६ जना यात्रु रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार