त्रि.विका विद्यार्थीहरुद्वारा एमसीसीकी उपाध्यक्ष सुमारको पु’त्ला द’हन

त्रि.विका विद्यार्थीहरुद्वारा एमसीसीकी उपाध्यक्ष सुमारको पु’त्ला द’हन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ भाद्र २०७८
  • 5.3K
    Shares

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार, प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पु’त्ला द’हन गरेका छन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि गेटअगाडि विद्यार्थीहरुले एमसीसीकी उपाध्यक्ष र एमसीसीको पक्षमा बोल्ने नेपाली नेताहरुको पु’त्ला बनाएर द’हन गरेका हुन् । विद्यार्थीहरुले राष्ट्र’घाती सम्झौता र नेपाली लेन्डु’पेहरुविरुद्ध उत्रिने भन्दै वि’रोध प्रद’र्शन गरेका थिए ।

समयावधि सकिएपछि अमेरिकाबाटै सम्झौता खारेज गर्नुपर्नेमा टोली किन नेपाल आयो भन्ने प्रश्नको उत्तर अहिले नेता देखि सर्वसाधारण पनि खोजिरहेका छन् । यसको पक्ष ,विपक्षमा ठूला जनमत बाडिएको छ ।

प्रतिक्रिया