आज मोतीराम भट्टको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज मोतीराम भट्टको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.9K
    Shares

आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

१९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन काठमाण्डौमा जन्मनु भएका उहाँको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई उजागर गरेका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी प्रकाशनमा ल्याउनुभएको थियो ।

भट्टले भानुभक्त आचार्यको बालकाण्ड, रामायण, सम्पूर्ण रामायण र थुप्रै नेपाली भाषाका पुस्तक प्रकाशित गर्नुभएको थियो । उहाँका मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रह्लाद भक्तिकथालगायत कृति पनि महत्त्वपूर्ण छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार