नेपाली कांग्रेसको महाधिबेशन नजिकिदै गर्दा नेतृत्वमा पुग्नका लागि कांग्रेसका नेता तथा लागिपरेका छन्। यसै क्रममा आगामी भदौ २७ गते हुन् लागिरहेको नेपाली कांग्रेसको पोखरा महानगर समितिको नेतृत्वका लागि आकांक्षीहरुको संख्या पनि थपिदै गएका छन्।
अहिलेसम्म नेपाली कांग्रेस पोखरा महानगर समितिको सभापति पदमा पत्रकार गंगाधर पराजुली, पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने, वडा नम्बर ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, वर्तमान पार्टी महानगर समिति उपसभापति सुरेन्द्र बिजुक्छे, मिलन तिवारी लगायतले उम्मेद्वारी दिने घोषणा गरेका छन्। उता पत्रकार ज्योति हमालले पनि आफु नेपाली कांग्रेसको पोखरा महानगर समितिको सभापति पदमा उम्मेद्वारी दिने सामाजिक संजाल मार्फत घोषणा गरेकी छिन।
यसैबीच पोखरा महानगर पालिकाको वडा नम्बर ११ का वडाध्यक्ष मोहन प्रसाद बास्तोलाले पोखरामा एक पत्रकार सम्मेलन गरेर आफले नेपाली कांग्रेसको पोखरा महानगर समितिको सभापति पदमा उम्मेदवार दिने घोषणा गरे।
वडाध्यक्ष बास्तोलाले २०४९ सालको प्रथम स्थानिय तहको चुनाबमा पोखरा महानगरपालिकाको नेतृत्वमा बिजय भएको तथ्य स्मरण गराउदै त्यसपछिका चुनाबहरुमा कांग्रेस पराजित भएको तीतो सत्य अघि सारे। त्यति मात्र हैन उनले पोखरा महानागरापालिकाभित्रैका वडाहरुमा नेपाली कांग्रेसका भात्री संगठनहरु नभएको दृष्टान्त प्रस्तुत गर्दै आफु नगर सभापति भएमा पोखरा महानगरका सबै वडाहरुमा पार्टीका सबै संगठनहरु बिस्तार गर्नुका साथै पोखरा महानगरपालिकाको आगामी चुनाबमा नेपाली कांग्रेसलाई जिताएरे छाड्ने दाबी गरे।
पोखरा महानगरपालिका अन्तरगत रहेको वातावरण समितिको सभापति हुँदा आफुले गरेका फ़ेहरिस्तहरु प्रस्तुत गर्दै वडाध्यक्ष बास्तोलाले वडामा आफूले पार्क निर्माणदेखि महामारीको समयमा धेरै राम्रो काम गरेको जिकिर पनि गरे।