मन्दिरको सुन चोरी गर्ने कार्यमा संलग्न आरोपमा एमाले नेता कार्की सहित पाँच जना पक्राउ

मन्दिरको सुन चोरी गर्ने कार्यमा संलग्न आरोपमा एमाले नेता कार्की सहित पाँच जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ साउन २०७८
  • 7.8K
    Shares

चोरीको सुन

मन्दिरको सुन चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एमालेका जिल्लास्तरीय नेतासहित पाँच जनालाई बैतडीबाट पक्राउ गरेको छ।

एमाले जिल्ला कमिटि बैतडीका जिल्ला कमिटी सदस्य समेत रहेका स्थानीय लाल बहादुर कार्कीसहित पाँच जनालाई बैतडीको दोगडाकेदार गाउँपालिका १ रिमको लटीनाथ मन्दिरबाट सुन चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा बैतडीबाट पक्राउ गरेको हो ।

मन्दिरको सुनचोरीको आरोपमा लाल बहादुर कार्की, हरिकृष्ण सार्की,  लाल बहादुर कार्की, हरिकृष्ण सार्की र चोरीको सुन खरिद गर्ने दार्चुलाको गोकुलेश्वरका सुन ब्यवसायी भुवन शाहुलाई प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

चोरीको मुख्य योजनाकार मानिएका एमाले नेता लालबहादुर कार्की र हरिकृष्ण सार्कीलाई पक्राउ गरेकोमा उनीहरुले दिएको बयानका आधारमा बाँकी तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार, गत माघ महिनामा मन्दिरको सुन चोरी भएको भए पनि मन्दिरका पुजारी नैन सिँह सार्कीले चैत्र महिनामा मात्रै मन्दिरको नौ तोला सुन चोरी भएको थाहा पाएका थिए ।

सुन चोरी भएको थाहा पाए पछि गाउँमा खोजीनीति हुने क्रममा स्थानियहरुले २१ बर्षीय एमाले नेता धनबहादुर कार्की र ३५ बर्षीय केशव सार्कीलाई नियन्त्रणमा लिएर असार २४ गते प्रहरीको जिम्मा लगाएका थिए ।

स्थानियले दिएको जाहेरीका आधारमा सोही दिन उनीहरुको नाममा चोरी सम्बन्धी कसुरमा मुद्धा दर्ता भएको थियो।  स्थानियहरुले जाहेरीमा ९ तोला चोरी भएको भन्ने निबेदन दिए पनि अहिलेसम्म उनीहरुको साथबाट पौने ४ तोला सुन मात्र बरामद गरिएको छ । ९ तोला मध्येको बाँकी सुन खरिद बिक्रिमा अन्य पनी संग्लन भएको आंसकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार