चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ साउन २०७८
  • 7.7K
    Shares

दुई गैँडा मृता

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृता अवस्थामा भेटिएका छन्। ती मध्ये एउटा बूढो र अर्को केटा छन्।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरानजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो। उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए।

यसैगरी, अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैँडा मृतावस्थामा फेला परेको छ। नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैँडा भेटिएको हो।

ती गैँडाको खाग र खुर सुरक्षित रहेको जनाउँदै उनले दुवै प्राकृतिक कारणले मरेको बताए।

गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी र शिकारले निकुञ्जमा ३२ र अघिल्लो आर्थिक वर्षमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, गैँडाको आक्रमणबाट निउरो टिप्न गएका एक पुरुषको उपचारको क्रममा आज दिउँसो ३ः४५ बजे मृत्यु भएको छ ।

रत्ननगर ११ मा रहेको पन्चकन्या सामुदायिक वनमा निउरो टिप्न गएका सोही वडाका शितल टोल बस्ने ७५ वर्षका रोहिका कुमालको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

गैँडाको आक्रमणबाट घाइते भएपछि उपचारको लागि भरतपुर अस्पताल ल्याइको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । उनी आज २ः४० बजेको समयमा निउरो टिप्न पञ्चकन्या सामुदायिक वन पसेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार