सुटकेस भित्र लुकाई राखेको ठुलो मात्रामा लागू औषध र झन्डै पांच लाख रुपियाँ सहित पोखराबाट एक युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -१ निवासी ४९ वर्षीय अर्जुन कुमार गुरुङ रहेका छन् । अभियुक्त गुरुङलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले उनकै घरबाट पक्राउ गरेको हो।
अभियुक्त गुरुङको घरको कोठामा खान तलासी गर्दा प्रहरीले सुटकेस भित्र लुकाई राखेको अवस्थामा डाईजापाम ६७० एम्पुल, फेनेरागन ६७० एम्पुल, नुर्फिन ६७४ एम्पुल गरी जम्मा २०१६ एम्पुल लागु औषधसहित मोबाईल १ थान र नगद पाँचलाख एक्काईस हजार दुईसय वरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका गुरुङबिरुद्ध प्रहरीले माथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीमा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको कास्की प्रहरीका प्रवक्ता सुबाश हमालले जानकारी दिए ।