कैलालीमा तीन दिनदेखि बेपत्ता पाँच वर्षीय बालक मृत भेटिए

कैलालीमा तीन दिनदेखि बेपत्ता पाँच वर्षीय बालक मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ असार २०७८
  • 6.7K
    Shares

विवेक विष्ट

कैलालीमा तीन दिनदेखि बेपत्ता रहेका पाँच वर्षीय बालक मृत भेटिएका छन् ।

जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ स्थित  ब्लक नं. ८ का दिलीप विष्टका पाँच वर्षीय छोरा विवेक विष्ट मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालकको शव जमरा कुलोको किनारमा फेला परेको हो। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

सोमबार बालक हराएपछि खोजीका लागि भन्दै रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी प्रहरी उपरीक्षक विश्व अधिकारी टीकापुर पुगेका थिए।

मंगलबार बिहानदेखि दुई वटा कुकुरको प्रयोग गरेर एसपी अधिकारीको टोलीले बेपता बालकको खोजी शुरु गरेको थियो।

सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै जामुन खान दिदीसँगै गएका बालक विवेक विष्ट बेपत्ता भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार