धादिङबाट चोरी भएको कारसहित सार्की दाङको तुलसीपुरमा पक्राउ

धादिङबाट चोरी भएको कारसहित सार्की दाङको तुलसीपुरमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ असार २०७८
  • 7.9K
    Shares

कार चोरी

एक साता अघि धादिङको महादेबबेसीबाट चोरी भएको कारलाई प्रहरीले दाङको तुलसीपुरमा फेला पारेको छ।

रोकिराखेको ठाउँबाट हराएको बा १६ च ८७३५ नम्बरको कार दाङको तुलसीपुरमा फेला परेको हो। चोरी भएको कारसंगे त्यस कारलाई चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने १७ वर्षीय नवीन सार्कीलाई पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा सार्कीलाई उक्त चोरीको कारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

कारसहित चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको प्रहरीले कारका धनी महादेबबेसीका दिनेश रुपाखेतीलाई आवश्यक कागजपत्र लिएर जिल्ला प्रहरी कार्यालय दाङमा आउन खबर गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार