कास्कीकी युवती लमजुङस्थित मादीनदीको किनारमा मृत अवस्थामा भेटिइन

कास्कीकी युवती लमजुङस्थित मादीनदीको किनारमा मृत अवस्थामा भेटिइन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ असार २०७८
  • 7.4K
    Shares

मृत केटी

कास्कीकी एक युवती लमजुङस्थित मादी नदीको किनारमा मृत अवस्थामा फेला परेकी छिन।

कास्की जिल्लाको मादी गाउपालिका वडा नम्बर ९ मुग्रेबेसीकी अन्दाजी ३५ वर्षीय कल्पना अधिकारीको लमजुङको मध्यनेपाल नगरपालिका ८ रामबजारस्थित मादी नदीको किनारमा मृत भेटिएकी हुन्।

अधिकारी आज बिहान आठ बजे मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ।

उनको मृत्युको बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार