चारसय ग्राम लागू औषध गाँजासहित पोखराबाट दुई युवा पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय रामबजार पोखराको प्रहरी टोलीले लागू औषध गाँजासहित पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किमी वस्ने चन्द्रबहादुर तामाङ र पो-११ रामघाट वस्ने विकास नेपालीलाई पक्राउ गरेको हो।
उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्बर -११ तुलसीमार्गबाट तीन दिन अघि बेलुका आठ बजे प्रहरीले पक्राउ गरेको बताइएको छ।
ग.५प. ५०३१ नं. को मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरीले चेक जांच गर्दा ४० रोल अर्थात चारसय ग्राम लागू औषध गाँजा बरामद गरेको वडा प्रहरी कार्यालय राम बजार पोखराले जानकारी दिएको छ।
लागु औषध गाँजासहित पक्राउ परेका तामाङ र नेपालीलाई थप अनुसन्धान कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको प्रहरीले जानकारी दिएको छ।
https://janasanchar.com/2021/07/108749/