पहिरोले घर पुरिदा दम्पत्तिको निधन, खोलाले बगाएर ८० वर्षीय बृद्ध बेपत्ता

पहिरोले घर पुरिदा दम्पत्तिको निधन, खोलाले बगाएर ८० वर्षीय बृद्ध बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ असार २०७८
  • 5.4K
    Shares

तनहुँको कलेस्ती खोला

गोरखाको सिरानचोकमा पहिरोमा परेर एक दम्पतीको मृत्यु भएको छ भने तनहुँमा खोलाले बगाएर एक वृद्धलाई बेपत्ता बनाएको छ।

प्रहरीका अनुसार, गएराति आएको पहिरोले गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा घर भत्काउँदा  स्थानीय ८६ वर्षका दामोदर पाण्डे र उनको पत्नी नन्दकुमारी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

यसैबीच जिल्ला प्रहरी कार्यालय तनहुँका प्रबक्ता प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले दिएको जानकारी अनुसार, कलेस्ती खोलाले शुक्रबार तनहुँको व्यास नगरपालिका–९ माझफाँटबाट बगाएका ८० वर्षीय नरबहादुर विष्ट अझै बेपत्ता छन्। घर नजिकै रहेको खोला तर्ने क्रममा ८० वर्षीय विष्टलाई शुक्रबार कलेस्ती खोलाले बगाएको थियो।

खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको र उनको  खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार