झन्डै आधा किलो गाँजासहित पोखराबाट दुई युवा पक्राउ

झन्डै आधा किलो गाँजासहित पोखराबाट दुई युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ असार २०७८
  • 6.9K
    Shares

झन्डै आधा किलो गाँजासहित पोखराबाट पक्राउ परेका दुई युवा पक्राउ

झन्डै आधा किलो लागु औषध गाँजासहित प्रहरीले पोखराबाट दुई युवाहरुलाई पक्राउ गरेको छ।

प्क्राउ पर्नेमा पोखरा –१० रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र रामेछाप रामपुर गाउँपालिका –५ घर भइ हाल पोखरा –५ जिरो किमी बस्ने वर्ष ३३ का चन्द्र बहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्बर ११ तुल्सीमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अपाचे मोटरसाइकलमा यात्रारत उनीहरुलाई प्रहरीले तुल्सीमार्गमा रोकेर चेकजाँच गर्दा खैरो रङको झोलाभित्र लुकाई राखेको पाँच सय ३५ ग्राम गाँजा सहित पक्राउ  गरिएको प्रहरीको दाबी छ।

अभियुक्थारुबिरुद्ध प्रहरीले अदालत कास्कीबाट लागु औषध सम्बन्धी कसुर अन्तर्गत मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार