“क्यानडा पठाईदिन्छु” भन्दै झन्डै डेढ करोड रुपियाँ रकम ठ’गी गर्ने अधिकारी पक्राउ

“क्यानडा पठाईदिन्छु” भन्दै झन्डै डेढ करोड रुपियाँ रकम ठ’गी गर्ने अधिकारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ असार २०७८
  • 6.9K
    Shares

क्यानडा पठाई दिन्छु भन्दै ठगी गर्ने प्रजिन अधिकारी

“क्यानडा पठाईदिन्छु” भन्दै झन्डै डेढ करोड रुपियाँ रकम ठगी गरेको आरोपमा प्रहरीले गर्ने एक युवालाई काभ्रे बनेपाबाट पक्राउ गरेको छ।

पक्राउ पर्ने अभियुक्त काभ्रे पाँचखाल न.पा. वडा नं. ४ तामाघाट स्थाई घर भई हाल काठमाण्डौको नयाँबानेश्वर बस्ने वर्ष २१ को प्रजिन अधिकारी रहेका छन्।

अभियुक्त अधिकारीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७  रानीगञ्ज बस्ने वर्ष ३० को यमुना बस्नेतलाई क्यानाडाको राम्रो कम्पनीमा काम लगाइदिने प्रलोभन देखाई  वर्किङ भिषामा क्यानडा पठाउने आश्वासन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोप प्रहरीले लगाएको छ।

प्रहरीका अनुसार, अभियुक्त अधिकारीले बस्नेतसँग रकम ठगी गरेपश्चात बेपत्ता भएपछी पिडित बस्नेतले अपराध अन्वेषण महाशाखामा कारबाही गर्न उजुरी दिएका थिए।  प्रहरीमा उजुरी परेपछि अधिकारीलाई खोजी गर्दै जाँदा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर २, दाहालगाउँबाट पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।

प्रहरीले पक्राउ गरेका अधिकारीविरुद्ध विभिन्न व्यक्तिले आफुलाई वर्किङ्ग भिसामा क्यानाडा पठाई दिने प्रलोभन देखाएर रकम ठगी गरेको उजुरी दिएको पनि प्रहरीले जानकारी दिएको छ।  प्रहरी अनुसन्धानका क्रममा अभियुक्तले बिभिन्न व्यक्तिहरुबाट विदेश पठाई दिने प्रलोभन देखाई झन्डै डेढ करोड रुपियाँ ठगी गरेको देखिएको बताइएको छ।

अभियुक्त अधिकारीलाई ई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको, महानगरीय अपराध अन्वेषण महाशाखाले जनाएको छ।   साथै अभियुक्त अधिकारीबाट कोही पनि व्यक्तिहरू पीडित भए महाशाखामा सम्पर्क गर्नहुन पनि प्रहरीले अनुरोध गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार