कास्की नयाँपुल नजिक भएको मोटरसाइकल दुर्घ’टनामा परेर पर्वतका दुई युवाको नि’धन

कास्की नयाँपुल नजिक भएको मोटरसाइकल दुर्घ’टनामा परेर पर्वतका दुई युवाको नि’धन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ असार २०७८
  • 8.9K
    Shares

कास्की नयाँपुल नजिक मोटर साइकल दुर्घटना

कास्कीको नयाँपुल नजिक शनिबार साँझ भएको मोटरसाइकल दुर्घ’टनामा परेर पर्वतका दुई युवाको नि’धन भएको छ।

त्यस दुर्घ’टनामा परेर पर्वत जिल्लाको मोदी गाउपालिका वडा नम्बर १ साबिक भुक्ताङ्गे १ का ३३ वर्षीय विनोद मल्ल र अन्दाजी वर्ष ४५ का भिम ब. मल्लाको नि’धन भएको प्र’हरीले जानकारी दिएको छ।

जिल्ला प्र’हरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार, पोखराबाट कास्कीको नयाँपुल तर्फ जाँदै गरेको ग २० प ६०३० नम्बरको मोटरसाइकललाई  प्रदेश नं. ३-०१ -००३ क ५१७३ को ट्रिपरले कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित लक्ष्मी देउरालीको पत्थरमा शनिबार साँझ पाँच बजे ठ’क्कर दिएको थियो  .

उक्त दुर्घ’टनापश्चात घा’इते भएका दुवै जनालाई मणिपाल शिक्षण  अस्पताल पोखरा ल्याइएकोमा अस्पतालले तत्काल बिनोद मल्ललाई मृ’त घो’षणा गरेको थियो भने अर्का घा’इते  भिम बहादुर मल्लको साँझ साढे छ बजे उप’चार हुँ’दाहुँ’दै नि’धन भएको डिएसपी हमालले जानकारी दिए।

टिप्पर चालक सिन्धुपाल्चोक इन्द्रावती १० का २५ वर्षीय सुरेश माझीलाई निय’न्त्रणमा लिई थप अनु’सन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार