संसारबाट एफएम रेडियोको युगको अन्त्य हुने संकेत, एफएम रेडियो बन्द अभियानको शुरुवात

संसारबाट एफएम रेडियोको युगको अन्त्य हुने संकेत, एफएम रेडियो बन्द अभियानको शुरुवात


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ पुष २०७३
  • 20.8K
    Shares

नेपालमा एफएम रेडियो र एफएमकर्मीहरुको बाहुल्यता बढिरहेका बेला संसारबाट नै एफएम रेडियोको युगको अन्त्य हुने संकेत देखिएको छ । कतिपय देशमा त एफ एम रेडियो बन्द गर्ने अभियान नै चलेको छ l  एफएम रेडियो प्रशारण शुरु भएको झन्डै ८४ बर्षपछी एफ एम रेडियो बन्द गर्ने अभियान नै चलेको हो l

सन् १९३३ मा फ्रिक्वेन्सी मोड्यूलेशन टेक्नोलोजीबाट सर्बप्रथम एफएम रेडियो प्रशारणको सुरुवात अमेरिकामा भयो । सुरुवातमा सुस्त गतिमा अघि बढेको भएपनि फ्रिक्वेन्सी मोड्यूलेशन टेक्नोलोजीले राम्रो साउण्ड क्वालिटी भएकाले यो विश्वभर एम्ल्पीच्यूड मोड्यूलेशन (एएम) भन्दा निकै लोकप्रिय बन्यो । तर फ्रिक्वेन्सी मोड्यूलेशन टेक्नोलोजीले भन्दा राम्रो साउण्ड क्वालिटी डिजिटल अडियो ब्रोडकास्टिङ (डीएबी) ट्रान्समिसनले दिने भएपछी एफएम रेडियो प्रशारण बन्द अभियान जस्तै चल्न शुरु भएको छ l

नर्वेले यो अभियानको शुरुवात नै गर्दैछ र नर्वे एफएम रेडियो बन्द गर्ने पहिलो देश बनेको छ । यस अभियानलाई अरु देशले पनि पछ्याउने देखिएको छ ।

रोयसर्टका अनुसार नर्बेमा एफएम रेडियो बन्द गर्न अर्कोसाताबाट थालिनेछ र, बोडोको उत्तरी शहरमा बुधबार एफएम रेडियो बन्द गरिँदैछ । नर्बेले यो वर्षको अन्त्यसम्ममा सबै रेडियो बन्द गर्ने योजना बनाएको छ दिएको छ ।

नर्बेले जस्तै अरु देशले पनि एफएम रेडियो बन्द गर्दैछन् । उदाहरणका लागि स्विट्जरल्याण्डले २०२० सम्ममा सबै एफएम रेडियो बन्द गर्ने बताएको छ ।

प्रतिक्रिया