कक्षा १२ को परीक्षा मंसिर ९ देखि मंसिर १६ गतेसम्म

कक्षा १२ को परीक्षा मंसिर ९ देखि मंसिर १६ गतेसम्म


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०७७
  • 4.3K
    Shares

राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा देशभर मंसिर ९ गतेबाट संचालन गर्ने भएको छ । बोर्डले आज परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ९ गतेदेखि संचालन हुने भनिएको परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । मंसिर १६ गते सकिने त्यो परीक्षा शनिबार पनि संचालन हुने छ।

प्रतिक्रिया