दुई महिनासम्म दलाल सरकार अस्तित्व रक्षाको संकटमा पुग्ने दाबी

दुई महिनासम्म दलाल सरकार अस्तित्व रक्षाको संकटमा पुग्ने दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ माघ २०७५
  • 7K
    Shares

राजकुमार योगी /कालीकोट –

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य नवीन बि,क ‘हितमान’ ले आफ्नो पार्टीले शुरवात गरेको संगठन सुदृढ तथा विस्तार अभियान २ बाट आतंकित र भयभित भएको वर्तमान दलाल राज्यसत्ताका मतियारहरु अभियानको अन्तिम चरणसम्म पुग्दा अस्तित्व रक्षाको संकटमा पुग्ने दाबी गरेका छन् ।

पार्टीले आयोजना गरेको जिल्लास्तरको दुई महिने संगठन सुदृढ तथा विस्तार अभियान २ को कालीकोट जिल्लाको नरहरीनाथ गाउँ पालिका लालुमा आज उद्घाटन गर्दै नेता हितामानाले यस्तो कुरा बताएका हुन् । उनले वर्तमान दलाल सरकारले जनता र रास्ट्रका पक्षमा लडिरहेका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी झुट्टा मुद्दा लगाउने र पक्राउ पुर्जी जारी गर्ने बाहेक अरु केहि गर्न नजानेको र त्योभन्दा अरु कुनै पनि कम गर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ थियो l

पार्टी कालिकोट जिल्ला सेक्रटरी रणदिपको अध्तक्षतामा भएको सो कार्यक्रममा उपस्थित सबैलाई जिल्ला पार्टी सचिपालय सदस्य रमेश चदाराले स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन धरातल ले गर्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार