‘निर्मलालाई न्याय देऊ’ लेखिएको पोस्टर प्रहरीले च्यात्यो, पोस्टर टाँस्ने १२ युवा पक्राउ

‘निर्मलालाई न्याय देऊ’ लेखिएको पोस्टर प्रहरीले च्यात्यो, पोस्टर टाँस्ने १२ युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ मंसिर २०७५
  • 6.3K
    Shares

पोस्टर च्यात्दै प्रहरी

कन्चनपुरकी निर्मला पन्तका बलात्कारी तथा हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै निर्मलाको तस्बिर टाँस्दै हिँडेका १२ युवालाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउसो युवाहरुको समूहले १३ वर्षीया बालिका निर्मलाको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिरसहितको पोस्टर टाँस्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

अभियानकर्ता युवाहरुले पोस्टर टाँसिरहँदा अचानक प्रहरीले हस्तक्षेप गरी माथिको आदेश भन्दै पक्राउ गरेको हो ।

यसैबीच प्राप्त जानकारी अनुसार, निर्मला पन्तका लागि न्याय माग गर्दै काठमाडौका विभिन्न ठाउँमा टाँसिएको पोस्टर प्रहरीले च्यातेको छ ।

‘निर्मलालाई न्याय देऊ’ लेखिएको उक्त पोस्टर टासिएका काठमाडौंको सार्वजनिक ठाउँमा गई प्रहरीले च्यातेको हो । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना पूरा भए पनि सरकारले दोषी पहिचान गरी पक्राउ गर्न सकेको छैन ।

‘निर्मलालाई न्याय देऊ’ लेखिएको पोस्टर टाँसेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ
‘निर्मलालाई न्याय देऊ’ लेखिएको पोस्टर टाँसेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ

प्रतिक्रिया
सम्बन्धित समाचार