अन्ततः (नेकपा)को प्रदेश नेतृत्वमा पुरानै निर्णयलाई मान्यता

अन्ततः (नेकपा)को प्रदेश नेतृत्वमा पुरानै निर्णयलाई मान्यता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ मंसिर २०७५
  • 9K
    Shares

नेकपाको सचिवालय बैठक

अन्ततः माधव नेपाल गुटको असहमति र असन्तुस्टिका बाबजुद सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नेतृत्वमा पुरानै निर्णयलाई मान्यता दिएको छ । सचिवालयको बिहिबारकाे बैठकले प्रदेश कमिटी नेतृत्वमा यसअघि गरिएको निर्णयलाई सदर गरेको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डकै आलोचना गरी विभिन्न असन्तुष्टि देखाउँदै नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्नुअघि नेता माधवकुमार नेपाल गुटका २१ जना केन्द्रीय सदस्यहरुले ज्ञापनपत्र बुझाएका थिए । प्रदेश पदाधिकारी नियुक्तिमा नेता माधवकुमार नेपालको आपत्ति थियो भने उनले सरकारको आलोचना पनि गरेका थिए ।

नेकपाले यसअघि असोज ५ गते प्रदेश ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिव तोकेको थियो । प्रदेश नम्बर १ मा इन्चार्ज भीमप्रसाद आचार्य, सहइन्चार्ज सावित्री काफ्ले, अध्यक्ष देवराज घिमिरे, सचिव सुरेशकुमार राई, प्रदेश नम्बर २ मा इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु शाह, सचिव सुमनराज प्याकुरेल प्रदेश नम्बर ३ मा इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज नारायण दाहाल, अध्यक्ष हितराज तामाङ, सचिव आनन्द पोखरेल हुनुहुन्छ ।

यस्तै गण्डकी प्रदेशमा, इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्ज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे, सचिव गोविन्द नेपाली, प्रदेश नम्बर ५ मा , इन्चार्ज शंकर पोखरेल, सहइन्चार्ज दलबहादुर राना मगर, अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा, कर्णाली प्रदेशमा, इच्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा तथा सुदूरपश्चिम प्रदेशमा, इन्चार्ज भीम रावल, सहइन्चार्ज लक्ष्मीदत्त जोशी, अध्यक्ष कर्ण थापा र सचिव सिंहराज चौधरी नेपबहादुरलाई तोकिएको छ।

यसअघिको त्यो निर्णय निर्णयप्रति वरिष्ठ नेता माधवकुमार नेपालसहितका केही सचिवालय सदस्यले असहमति जनाउँदै आउनु भएको थियो । आफू विदेशमा रहेको बेला प्रदेश इन्चार्ज, सहइन्जार्ज, अध्यक्ष र सचिव तोकिएपछि नेता नेपालले त्यसप्रति आपत्ति जनाउँदै असोज १३ गते महासचिव विष्णु पौडेलमार्फत लिखित रुपमै असहमति पत्र पेश गर्नु भएको थियो । नेपालको लिखित असहमतिपछि प्रदेशको सदस्य चयन हुन सकेको थिएन । लामोसमयको किचलोपछि नेता नेपालसहित सचिवालयका असन्तुष्ट नेताहरु पुरानै निर्णय स्वीकार गर्नुभएको हो ।

बैठकमा सांगठनिक एकीकरणको एजेन्डामा बिृहत छलफल गरिएको र प्रवेश प्रदेश कमिटीलाई पूर्णता दिनेनिर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । बिहिबारको बैठकमा महासचिव पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल सम्मिलित २ सदस्यीय कार्यदलले प्रदेश सदस्य तथा केन्द्रीय सदस्यहरुको कार्य विभाजन सम्बन्धी प्रस्ताव पेश गरेको थियो । कार्यदलको प्रस्तावप्रति प्रारम्भिक छलफल गरी बिहिबारको बैठक टुंगिएको छ । त्यसबारे शुक्रबार फेरि बिस्तृत रुपमा छलफल हुनेभएको छ ।

प्रवक्ता श्रेष्ठले शुक्रबारको बैठकले सदस्यको नाम तोक्ने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने जानकारी दिए  ।

प्रतिक्रिया
सम्बन्धित समाचार