तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मी विरुद्ध जवर्जस्ती करणी मुद्दा दर्ता भएको छ । रेग्मीविरुद्ध जवर्जस्ती इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँमा जवर्जस्ती करणी मुद्दा दर्ता भएको हो ।
सोही वडाकी २५ वर्षीया युवतीले आफुलाई पटक पटक वडाध्यक्ष रेग्मीले बलात्कार गरेको भनी शुक्लागण्डकी नगरपालिका दुलेगौंडा अन्तरगतको न्यायिक समितिमा उजुरी दिएकी थिइन । युवतीले दिएको उजुरी पत्रमा असोज २९ गते र कार्तिकमा दुई पटक बलात्कार गरेको उनले उल्लेख गरेकी छन् ।
उनको उजुरीलाई सम्बोधन गर्दै नगरपालिकाकी उप प्रमुख सविता रसाइलीले आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय वेलचौतारा तनहुँमा पठाएकी छिन् । शुक्लागण्डकी नगरपालिका दुलेगौंडा अन्तरगतको न्यायिक समितिमार्फत वडाध्यक्ष रेग्मीलाई कारवाहीको सिफारिश पत्र बुधबार साँझ प्राप्त भएको इलाका प्रहरी कार्यालय वेलचौताराका प्रमुख प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनले त्यस सिफारिस पत्रको अध्ययन भैरहेको र आवस्यक अनुसन्धान पछि अघि बढिने बताए । युवतीले नगरपालिकामा ३ गते उजुरी दिएकी थिइन्