काठमान्डौमा पत्रकार सम्मेलन गरि नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ गते काठमाण्डौमा गर्न लागेको जनसभाको प्रचारप्रसार सम्पूर्ण रुपले पूरा भएको जानकारी दिएको छ ।
प्रचारप्रसार उपसमितिका संयोजक चिरन पुन मिलनले मंसिर ८ गते शनिबार आयोजना गर्न गइरहेको उत्सव र्याली र जनसभाको तयारी सम्पूर्ण रुपले पूरा भएको जानकारी दिए ।
र्याली र जनसभा भव्य र शान्तिपूर्ण हुने कुरा पनि उनले प्रष्ट पारे । यहाँ केही पक्षबाट कार्यक्रम अर्कै खालको हो जस्तो भनेर हल्ला गरेको बुझिन्छ, तर त्यो पूर्णरुपमा गलत छ उनले भने कार्यक्रम आयोजना गर्ने हामी अर्थात नेकपा शान्तिपूूर्ण नै हो भनिराछौं । यसोभएपछि अरुको कुरा वा हल्लाको पछाडि कोही लाग्न भएन । पार्टीको यो कुरा राख्न पनि पत्रकार सम्मेलन गरिएको हो ।
पत्रकार सम्मेलनमा संचारकर्मीकोे प्रश्नको जवाफ दिँदै संयोजक मिलनले नेकपा गठन भएदेखि नै खुला र जनताको माझ् रहेको प्रष्ट पारे । र, भने “भूमिगत रहेको भए यहाँ यसरी तपाईहरुको अगाडि हुन्थ्यौं र ?” जनतामा भ्रम नपरोस अब यस्ता शब्द सुनेर र सम्झेर दिमागलाई बोझ नदिन पनि उनले प्रष्ट पारिदिए ।
जनसभाका प्रमुख वक्ता नेकपाका प्रवक्ता प्रकाण्ड रहने र अन्य अन्य पार्टीका आमन्त्रित वक्ताहरु पनि सहभागी रहने जानरी पत्रकार सम्मेलनमा उनले दिए ।
क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले संचालन गरेको उक्त पत्रकार सम्मेलनमा रातो खबर प्रकाशन गृह प्रा लिका अध्यक्ष गुणराज लोहनीको उपस्थिति रहेको थियो ।
