बैदेशिक रोजगारी दिने भन्दै अवैध धन्दा चलाउने म्यानपावर संचालक गुरुङलाई नेकपाद्वारा कारबाही

बैदेशिक रोजगारी दिने भन्दै अवैध धन्दा चलाउने म्यानपावर संचालक गुरुङलाई नेकपाद्वारा कारबाही


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ भाद्र २०७५
  • 71.3K
    Shares

विभिन्न प्रलोभनमा पारि युवा युवतीलाई अबैध तरीकाले वैदेशिक रोजगारमा पठाई ठगी धन्दा संचालन गर्ने पोखराको सृजनाचोकस्थित लक्की म्यानपावर कम्पनीका संचालक रसबहादुर गुरुङलाई बिप्लब नेतृत्वको नेकपाले कालो मोसो दलेर कारबाही गरेको छ ।

आज दिउँसो सो म्यानपावर कम्पनीमा पुगेका नेकपा र योङ्ग रेड फोर्सका कार्यकर्ताले म्यानपावर संचालक गुरुङलाई कालो मोसो दलेर कारबाही गरेको हो  । सो म्यानपावर कम्पनीमा तालाबन्दी समेत गरिएको छ ।

कारवाही पश्चात योङ्ग रेड फोर्सका नाममा जारी  ५ बुँदे कारण सहितको पर्चामा  गुरुङले बिना इजाजत अबैध रुपमा म्यानपावर संचालन गर्दै दर्जनौ युवाहरुलाई बिदेशमा अलपत्र पारेको , सेक्युरिटी कम्पनीको नाममा म्यानपावर धन्दा चलाएको आरोप लगाइएको छ । त्यसैगरि महिलाहरुलाई दिल्लीको बाटो हुँदै खाडी मुलुकमा बेचबिखन गरेको गम्भीर आरोप समेत सोही पर्चामा लगाइएको छ ।

उक्त म्यानपावरबाट विदेश गएका र अलपत्र परेर फर्किएका करिब एक दर्जन पिडित युवा-युवतीले सो म्यानपावरका संचालक गुरुङलाई कारवाही गरी आफुहरुको फंसेको रकम फिर्ता गराइदिन नेकपा कास्कीमा उजुरी परेको समाचार स्रोतले जानकारी दिएको छ । अझै पनि नेकपाको कारबाहीलाई अटेरी गरे थप शसक्त कारबाही गर्ने चेतावनी समेत नेकपा कास्की र उसको सहायक संगठन योङ्ग रेड फोर्स कास्कीले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार