बादलले ‘खाल्डो खनेको’मा बाबुरामको आपत्ति

बादलले ‘खाल्डो खनेको’मा बाबुरामको आपत्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ असार २०७५
  • 19.3K
    Shares

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा विरोध प्रदर्शनस्थल तोक्ने सरकारको निर्णयप्रति विरोध जनाएका छन् ।

गृहमन्त्रालयले हालै काठमाडौं, ललितपुर र भक्तपुरमा विरोध प्रदर्शन गर्ने स्थान तोकिदिएर त्यसभन्दा बाहिर विरोध प्रदर्शन गरे कारवाही गर्ने चेतावनी दिएको थियो ।

 

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आफ्ना पूर्व सहकर्मी एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’प्रति संकेत गर्दै दुस्साहसपूर्ण निर्णय गरेको र आफ्नो खाल्डो आफैं खनेको टिप्पणी गरेका छन् ।

शनिबार बिहान ट्वीटरमा उनले नाम उल्लेख नगरी लेखेका छन्, ‘समाजवाद भनेको अझ उन्नत लोकतन्त्र होस् लोकतन्त्रको थप विस्तारीकरण र सवलीकरण हो । विरोध गर्ने र सत्ताविरूद्ध विद्रोह गर्ने अधिकार नै मार्क्सवादको गुदी कुरा हो । हाम्रा पूर्वकमरेडहरूले सत्तामा पुग्ने वित्तिकै विरोध गर्ने ठाउँ र तरिका तोक्ने दुस्साहस गरेर किन आफ्नो खाल्डो आफै खन्दैछन् ?’

प्रतिक्रिया
सम्बन्धित समाचार