नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङले एक गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई कालोमोसो दलेर जनकारवाही गरेको छ l नेकपाले कारवाही गरेका जोशी बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत हुन् l
नेकपाले जोशीमाथि भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सागुम्बा टिप्नेलाई बेचेकोले आरोप लगाएको छ ।