यौन सम्पर्कका लागि तयार महिला र केटा मिलाइदिने दुई युवक पक्राउ

यौन सम्पर्कका लागि तयार महिला र केटा मिलाइदिने दुई युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ असार २०७५
  • 36.1K
    Shares

शारीरीक सम्पर्कका लागि महिला मिलाइदिने भन्दै एक युवकलाई ठगी गर्ने तीन जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिक ७ बस्ने वर्ष २४ का राजकुमार चौधरी र सोही स्थानकै १९ वर्षीय डेविट सिलवाल छन् ।

उनीहरुसँगै एक महिला पनि पक्राउ परेका छन् ।उनीहरुले शारीरिक सम्पर्कका लागि एक जनासँग एक रातको १० हजार नगद लिएका थिए । रकम लिएपछि महिलासहित तीनै जना फरार भएका थिए ।

यौन सम्पर्कका लागि तयार भनिएकी ३७ वर्षीय एक महिलालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।

रकम दिने व्यक्तिलाई पनि अनुसन्धानका लागि बोलाइएको छ । उनीहरुबीच रकम लिएपछि महिलाका बिषयमा विवाद भएको थियो । महिला मिलाइदिने दुई व्यक्ति, महिला र रकम दिने व्यक्तिका बीचमा आपसी कुरा नमिल्दा घटना बाहिर आएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार