डोजर काण्डमा पोखरा लेखनाथ महानगरका मेयर जिसीले जिम्मेवारी लिए, “अपनाउनु पर्ने पर्याप्त सावधानी नअपनाइएको र व्यवस्थापकीय कमजोरीले दुर्घटना”

डोजर काण्डमा पोखरा लेखनाथ महानगरका मेयर जिसीले जिम्मेवारी लिए, “अपनाउनु पर्ने पर्याप्त सावधानी नअपनाइएको र व्यवस्थापकीय कमजोरीले दुर्घटना”


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ असार २०७५
  • 37.6K
    Shares

जेसिभी डोजर चलाउने बारे आफुलाई ज्ञान नभएता फुटपाथ उद्घाटन गर्न डोजर चलाउन खोज्ने क्रममा भएको घटनाको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले नैतिक जिम्मेवारी लिएका छन् । मेयर जिसीले शनिबार एक प्रेस वक्तव्य जारी गरी सो घटनाको नैतिक जिम्मेवारी लिएका हुन् ।

मेयर जिसीले विज्ञप्तिमा हेभी मेसिनरी औजारको प्रयोग गरी फुटट्र्याक निर्माणको शुभारम्भ गर्दा अपनाउने पर्ने पर्याप्त सावधानी नअपनाइएको र व्यवस्थापकीय कमजोरीले घटना घटेको स्पस्ट पारेका छन् । ‘सोच्दै नसोचेको र अकल्पनीय घटना भएको छ,’ मेयर जिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले एउटा पाठ सिकाएको महसुस गर्दै यो दुर्घटनालाई सोही रुपमा बुझिदिन नगरबासीमा अनुरोध गर्दछु । ’

विज्ञप्तिमा घटनामा घाइते भएका पत्रकार रञ्जन अधिकारी, सन्देश श्रेष्ठ, नगरबासी गौरी पौडेल, केशव बरालको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

घटनापछि पनि घाइतेलाई प्रत्यक्ष सम्पर्क गरी पछिल्लो अवस्थाबारे जानकारी लिइएको र महानगरपालिकाले आवश्यक उपचारको सम्पूर्ण व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार