प्रहरीले हानेको गोलीले गुण्डा नाइके अशोक लामा घाइते, एउटा पेस्तोल र दुई राउण्ड गोली समेत बरामद

प्रहरीले हानेको गोलीले गुण्डा नाइके अशोक लामा घाइते, एउटा पेस्तोल र दुई राउण्ड गोली समेत बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ जेष्ठ २०७५
  • 23.3K
    Shares

काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा ललितपुरका गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

 

घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल र दुई राउण्ड गोली समेत बरामद गरेको छ । लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

को हुन् लामा ?

महाशाखाले चोरी, फरार अभियुक्त, गुण्दागर्दी विरुद्ध १५ दिने विशेष अभियान चलाइरहेको छ।  लामा ज्यान मुद्दामा फरार थिए। उनीमाथि सार्वजनिक मुद्दा समेत दायर छन्।

लामा ललितपुर क्षेत्रलाई आधार बनाएर प्लटिङ, ढुंगाखानी, व्यापारी, ठेकेदारहरुसँग हप्ता असुली गर्दै आइरहेका थिए। ३८ वर्ष उनी दावा लामा समूहका हुन्।  उनको साथबाट प्रहरीले हतियार समेत बरामद गरेको छ।

गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए । उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो । उनी काभ्रेली समूहका दावा लामाको समेत सहयोगी भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार