ढुङ्गेलसँगै जेलमुक्त, ६ सय ३३ जना हत्या बलात्कार र तस्करीको सजाँय पाएका तत्कालीन एमाले र माओवादी कार्यकर्ता

ढुङ्गेलसँगै जेलमुक्त, ६ सय ३३ जना हत्या बलात्कार र तस्करीको सजाँय पाएका तत्कालीन एमाले र माओवादी कार्यकर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ जेष्ठ २०७५
  • 21.8K
    Shares

गणतन्त्र दिवसको अवसरमा नेता बालकृष्ण ढुङ्गेलसहित ८ सय १६ जना राष्ट्रपतिबाट आममाफीसहित जेलमुक्त भएका छन् ।

उनीहरूको कैद माफी गर्ने निर्णय राष्ट्रपतिबाट स्वीकृत भएको थियो । सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार विवादका बिच कैद माफीको प्रस्ताव स्वीकृत गरेकी थिइन । तर यसरी आममाफी पाउने ८ सय १६ मध्ये ६ सय ३० जना तत्कालीन एमाले र माओवादी कार्यकर्ता भएको खुलेको छ । हत्या बलात्कार र लुटपाटको सजाँय भोगिरहेका उनीहरूलाई जेलमुक्त गर्ने योजना नवगठित नेकपाका केही नेताहरूले बनाएका थिए । पार्टीले तयार पारेको नामावलीलाई सरकारले जस्ताको तस्तै राष्ट्रपतिलाई पेस गरेको थियो । सोही नामावलीमा राष्ट्रपति कार्यालयबाट समेत नाम थपेर अन्य गम्भीर अपराधमा सजाँय काटिरहेका राष्ट्रपतिको परिवारनिकटका केही व्यक्तिका आफन्तलाई माफी दिएको खुलेको छ । स्रोतका अनुसार सरकारले तयार पारेको ७ सय ४३ जनाको नाम राष्ट्रपति कार्यालय पुगेपछि ७३ जनाको नाम थपिएको थियो । थपिएका नाममध्ये अधिकांश बलात्कारको सजाँय भोगिरहेका परेका छन् । जेलमा रहेका उनीहरूको नाम उनीहरूका परिवारले राजनीतिक पहँुचका आधारमा राष्ट्रपतिसम्म पु¥याएका थिए । जसका लागी राष्ट्रपतिको परिवारको सदस्यहरूले समेत नाम टिपाएको स्रोत बताउँछ ।

सरकारको सिफारिसअनुसार राष्ट्रपतिले सामान्य अवस्थामा कैद जेल परेका कैद भुक्तानकै अवस्थामा असल चालचलन देखाएका आधारमा कैद मिनाहा गर्ने व्यवस्था छ । तर यही व्यवस्थाको दुरुपयोग गदै अधिकांश पार्टीको आडमा हत्या, बलात्कार, लुटपाट र तस्करीको सजाँय काटिरहेकाहरुलाई सजाह मिनाहा गरिएको हो ।

राष्ट्रपति कार्यालयद्वारा हिंजो बेलुका जारी विज्ञप्तिमा भनिएको छ ‘आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत आठ सय सोह्र० जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार