गोरखामा ट्रिपर दुर्घटना, चालकको ज्यान गयो

गोरखामा ट्रिपर दुर्घटना, चालकको ज्यान गयो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ बैशाख २०७५
  • 9.3K
    Shares

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–८, चिउरीगौंडामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ सहचालक घाइते भएका छन् ।

बेनिघाटबाट दर्वुङ जादै गरेको बा ४ ख ९५०६ नम्बरको ट्रिपर बुधवार बिहान एक बजे सडकबाट करिब दुई सय मिटर तल बूढीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो ।

 

दुर्घटनामा बेलकोटगढी नगरपालिका–५, नुवाकोटका २७ वर्षीय सन्तोष सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।

सहचालक रवीन्द्र नेपाली घाइते छन् । उनको उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार