बालिका बलात्कार गर्ने १५ वर्षीय किशोरलाई जेल सजाय

बालिका बलात्कार गर्ने १५ वर्षीय किशोरलाई जेल सजाय


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ बैशाख २०७५
  • 9.3K
    Shares

उदयपुर । उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ ।

जिल्ला अदालतका अनुसार गत भदौ १६ गते किशोरले ती बालिकालाई जबर्जस्ती करणी गरेका थिए । लगत्तै पीडित बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएपछि अदालतमा मुद्दा दर्ता भएको थियो ।

 

अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालसले उक्त किशोरलाई दोषी ठहर गर्दै पाँच वर्ष कारागार सजाय र रु ३० जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार रितकुमार मगरले बताए ।

दोषी किशोर हाल सुधारगृह विराटनगरमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार