फेसबुक ग्रुपको विवादमा साथीको हत्या, आठ बिद्यार्थी पक्राउ

फेसबुक ग्रुपको विवादमा साथीको हत्या, आठ बिद्यार्थी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ फाल्गुन २०७४
  • 5.8K
    Shares

काठमाडौंको गंगबुस्थित गणेश हिमाल बोडिङ स्कुलमा पढ्ने एक जना विद्यार्थीको साथीहरुबाटै हत्या भएको छ । कक्षा १० मा अध्ययरत विद्यार्थी कुमार सूचीकार वर्देवाको हत्या भएको हो ।

यसअघि २७ माघमा तारकेश्वर नगरपालिका-४, फूलबारीमा उनलार्इ बेहोस अवस्थामा फेला पारिएको थियो । लगत्तै, उपचारका लागि वीर अस्पताल लगिए पनि उपचारका क्रममा दुर्इ दिनपछि मृत्यु भएको थियो । उनको हत्या आरोपमा ८ जना विद्यार्थी पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

 

प्रहरी स्रोतका अनुसार विद्यार्थीले बनाएको फेसबुक ग्रुपको विषयलाई लिएर विवाद बढ्दै जाँदा उनकै साथीहरुले वर्देवालाई कुटपिट गरेर हत्या गरेका हुन् । थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार