मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ माघ २०७४
  • 7.5K
    Shares

धादिङ । काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

धादिङको धुनिबेशी नगरपालिका-८ बाहुनडाँडाको मोडमा बा३८प ८५८३ नम्बरको मोटरसाइकल ना३ख २३०० नम्बरको ट्रकमा ठक्कर खाँदा मोटरसाइकलका चालक थाक्रे गाउँपालिका-३ का ४० वर्षीय धनुशरण सुनारको मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार सिन्धुली घर भएकी ३३ वर्षीय दुर्गा बि.क.घाइते भएकोले प्रहरीले जनाएको छ । घाइते बि.क.को गणेशमान अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार