अखिल (क्रान्तिकारी )ले कान्तिपुर कलेज अफ हेल्थ साइन्स तोडभोड गर्यो

अखिल (क्रान्तिकारी )ले कान्तिपुर कलेज अफ हेल्थ साइन्स तोडभोड गर्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ पुष २०७४
  • 6K
    Shares

पुर्बान्चल बिश्वबिद्धालयको कान्तिपुर कलेज अफ हेल्थ साइन्स तिनकुनेमा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी ) पुर्बान्चल बिश्वबिद्धालय उपत्यका जिल्ला सामितिले तोडफोड गरेको छ ।

अबैधानिक तरिकाले संचालित कान्तिपुर एकाडेमी अफ हेल्थ साइन्स पुर्ण रुपमा शैक्षिक पसलमा परिणत भएको , सस्था संचालकको खोल ओढेका ठेकेदारहरुबाट विद्यार्थीहरुलाइ समयसमयमा मानसिक यातना दिने बि.बि द्वारा दिइएको छात्रवृत्ति बितरण नगरिएको ,भौतिक संरचना निर्माण नगरी कलेज संचालन गरेको ,यातायात शुल्क लिएको तर यातायातको ब्यबस्था नगरेको जस्ता बिद्यार्थीका आधारभूत आबास्यकता पुरा गर्न संगठनले निरन्तर दबाब दिदा जायज मागहरू पूरा गर्नुको साटो कक्षा सुरु हुनु अगाबै बार्षिक शुल्क अनिवार्य तिर्नुपर्ने नियमको नाममा विद्यार्थीको पढ्न पाउने अधिकार हनन गर्दै कक्षा कोढाबाट विद्यार्थीहरुलाइ गलहत्याएर निकाल्ने जस्तो अराजक गतिविधि गरेको भन्दै अखिल (क्रान्तिकारी ) द्वारा कलेज तोडफोड भएको क्रान्तिकारीका जिल्ला संयोजक  टोपेन्द्र खड्काले बताउनु भएको छ ।

कलेजको कम्प्युटर ल्याब तथा झयालको सिसा पुर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार