नारायणगढ–मुग्लिन सडक : काली खोलाको पुल भासियो , यातायात प्रभावित

नारायणगढ–मुग्लिन सडक : काली खोलाको पुल भासियो , यातायात प्रभावित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ पुष २०७४
  • 6.7K
    Shares

नारायणगढ–मुग्लिन सडकखण्डल अन्तर्गत काली खोलामा रहेको पुल भासिएको छ । बुधबार बिहान पुल भासिएकाले गाडीको आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ । अहिले यो ठाउँबाट एकतर्फी मात्रै गाडी पास भइरहेको प्रहरीले जनाएको छ । दुईतर्फी रुपमा गाडी चलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

चितवनमा पर्ने काली खोला क्षेत्रलाई दुर्घटना धेरै हुने ठाउँको रुपमा चिनिन्छ । प्रहरीका अनुसार पुलको दायाँ बायाँ नै खोला भएको र सडक पनि साँघुरो भएकाले यो क्षेत्रलाई जोखिम युक्त क्षेत्रमा राखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार