गाई फार्म सञ्चालक दम्पतीको हत्या,एक शव खेतमा र अर्को फार्मभित्र

गाई फार्म सञ्चालक दम्पतीको हत्या,एक शव खेतमा र अर्को फार्मभित्र


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ मंसिर २०७४
  • 5.4K
    Shares

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा गाई फार्म सञ्चालक दम्पतीको हत्या गरिएको छ । सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको हो । आज बिहान प्रहरीले सुवेदी दम्पत्तिको शव फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार दीपकको शव फार्म नजिकैको खेतमा तथा दीपिकाको शव मार्फभित्र फेला परेको हो । घटनास्थलमा हतौडा, छड र बाँसको चिरपट फेला परेको छ ।

गएराति नै सुवेदी दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार